शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाबाट काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठ प्रस्तावित

बिहीबार, ०८ वैशाख २०७९, १२ : २२
बिहीबार, ०८ वैशाख २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई अघि सार्ने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगर प्रमुखको उम्मेदवारको रुपमा श्रेष्ठको नाम सिफारिस भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

यसअघि काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवं पूर्वसचिव केदारबहादुर अधिकारी, पूर्व एसएसपी दीपक रञ्जित र राप्रपा काठमाडौं महानगर अध्यक्ष केदार धमलाको नाम चर्चामा रहेपनि कलाकार श्रेष्ठको नाम सिफारिस भएको हो । 

उस्तै उपप्रमुख कसलाई बनाउने भन्ने बारेमा राप्रपाले निर्णय गरिसकेको छैन । सम्भवत आजै उप मेयरको टुङ्गो लगाउने राप्रपाको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप