बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न निर्देशन

बिहीबार, ०८ वैशाख २०७९, १२ : १७
बिहीबार, ०८ वैशाख २०७९

गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । 

गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।

घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ । आज विहान करिव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप