वीरगञ्ज महानगरपालिकाको चुनावी तालमेलले लोसपामा विवाद
वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच चुनावी तालमेल गर्ने सहमति भएसँगै लोसपामा विवाद उत्पन्न भएको छ । लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झालगायतका केही नेताहरुले एकलौटी रुपमा एमालेसँग गठबन्धन गरेको भन्दै लोसपाका महानगर अध्यक्ष ओमप्रकाश सर्राफले विरोध गरेका छन् । उनले भने, ‘चुनावी तालमेल कुनै नेताको व्यक्तिगत स्वार्थका लागि भएको हो, यसमा पार्टीको सहमति छैन ।’
वीरगञ्ज महानगरपालिकामा एमालेभन्दा लोसपा बलियो रहेको दाबी गर्दै उनले गत स्थानीय चुनावमा एमालेले आठ हजार मत मात्र ल्याएको बताए । तर, लोसपाले १३ हजार मत ल्याएको बताउँदै उनले अहिले पनि एमालेभन्दा लोसपा धेरै बलियो रहेको बताए । त्यस हिसाबले मेयर लोसपाले पाउनुपर्ने अध्यक्ष सर्राफले बताए । उनले भने, ‘कुन मापदण्डले एमालेलाई मेयर दिएको हो, यो त एमालेसमक्ष लोसपाले आत्मसमर्पण गरेको जस्तो भयो ।’
वीरगञ्ज महानगरपालिकामा रहेका लोसपाका मतदाताको अपमान भएको भन्दै उनले यो निर्णयलाई स्वीकार नगर्ने बताए । उनले आफूहरुले यसबारे छलफल भइरहेको भन्दै छिट्टै लोसपाको आधिकारिक धारणा सार्वजनिक गरिने बताए ।
तर लोसपाका पर्सा अध्यक्ष पुरुषोतम झाको मत अर्कै छ । उनले सबैको सहमतिमा एमालेसँग गठबन्धन भएको बताए । ‘सबैको सहमतिमा एमालेसँग गठबन्धन भएको हो, केही साथीहरु असन्तुष्टि जनाइ रहनु भएको छ, विस्तारै मिल्दै जान्छ’, उनले भने ।
एमालेभन्दा लोसपा बलियो भएपनि एमालेका विजय सरावगी वर्तमान मेयर रहेका कारण सो पार्टीलाई नेतृत्व दिएको अध्यक्ष झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या