शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एसियन गेम्स : हतारोमा बक्सिङ खेलाडीको छनोट

बिहीबार, ०८ वैशाख २०७९, ११ : १९
बिहीबार, ०८ वैशाख २०७९

१९ औं एसियाली खेलकुदमा पदक सम्भावित खेल हो बक्सिङ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका तीन स्वर्ण जितेको बक्सिङलाई पदक सम्भावित खेलका रुपमा हेरिएको छ ।  तर, यसै खेलका लागि भने जम्मा तीन दिन छनोटका लागि राखिएको छ । छनोटको सहभागिता जनाउने खेलाडीहरु अहिले राष्ट्रिय बक्सिङ प्रतियोगितामा छन् । 

त्यस लगत्तै नेपाल बक्सिङ संघ यही वैशाख १२ देखि १५ गतेसम्म छनोट प्रतियोगिता आयोजना गर्ने योजनामा छ । त्यसका लागि संघले संघमा आबद्ध सम्पूर्ण जिल्ला संघ र क्लबहरुलाई छनोटमा सहभागी हुन आग्रह गरेको छ । 
एसियाली खेलकुदका लागि दुुई साताभित्र सहभागिता जनाउनुपर्ने बाध्यता भएका कारण आफूहरु छनोटमा हतार गरेको संघका अध्यक्ष राम अवालेले जानकारी दिए ।

‘छनोटका लागि छोटो समय छ । त्यसैले हामीले हतार गरेका हौं । समय धेरै समय भए छनोटको प्रक्रिया पनि लामो हुनेथियो,’ अवालले रातोपाटीसँगको कुराकानीमा भने ।  एसियन गेम्स चीनको होन्झोउमा सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुँदैछ । एसियन गेम्सका लागि सातदोबाटोमा राष्ट्रव्यापी खुल्ला बक्सिङ छनोट प्रतियोगिता हुनेछ । त्यसका लागि संघ र क्लबबाट खेलाडी पठाउन संघले आग्रह गरेको छ । 
छनोट प्रतियोगिता हुने तौल समूह :
१) पुरुषतर्फ
४९ केजी –५२ केजी
५२ केजी –५७ केजी
५७ केजी –६३ केजी
६९ केजी –७५ केजी
२) महिलातर्फ
४८ केजी – ५१ केजी
५४ केजी –५७ केजी
५७ केजी –६० केजी
६४ केजी –६९ केजी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप