आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बिहीबार, ०८ वैशाख २०७९, ११ : ०५
बिहीबार, ०८ वैशाख २०७९

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२२ रुपैयाँ २४ पैसामा रहेको छ ।  यस्तै युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५८ रुपैयाँ ७६ पैसा र विक्रीदर १५९ रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ । 

यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा रहेको छ ।  यस्तै जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता साउदी अरेवियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप