बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लेकबेसी नगरपालिका र बराहताल गाउँपालिकामा माओवादी उम्मेदवारको टुङ्गो

बिहीबार, ०८ वैशाख २०७९, १० : १९
बिहीबार, ०८ वैशाख २०७९

नेकपा माओवादी केन्द्र सुर्खेतले लेकबेसी नगरपालिका र बराहताल गाउँपालिकाको प्रमुखमा उम्मेदवारहरूको टुङ्गो लगाएको छ । गठबन्धन घटकभित्र कुरा नमिलेपछि माओवादी केन्द्रले धमाधम उम्मेदवारहरू टुङ्गो लगाउने काम अघि बढाएको हो । लकबेशी नगरपालिकाको मेयरको उम्मेदवारका लागि रामबहादुर चपाइँ (जीवन्त) र बराहताल गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि ईश्वर भक्त सुनार ( ज्योति)लाई सर्वसम्मत चयन गरिएको छ।  

चपाइँ माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य हुने भने सुर्खेत जिल्ला क्षेत्र (ख) का इञ्चार्ज समेत हुन् । उनी माओवादी पार्टीभित्र इमानदार छवि बनाएका नेताका रूपमा स्थापित छन् भने कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीका श्रीमान् हुन्  । सुनार बराहताल गाउँ कमिटीका इञ्चार्ज तथा प्रदेश कमिटी सदस्य समेत हुन् । यसअघि माओवादीले पञ्चपुरी नगरपालिकामा समेत उम्मेदवारको टुङ्गो लगाइसकेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप