शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन : मेयरमा सरावगी, उपमेयरमा झा

बिहीबार, ०८ वैशाख २०७९, ०९ : ३७
बिहीबार, ०८ वैशाख २०७९

वीरगन्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धनको सहमति जुटेको छ । ३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् ।

सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए । एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसको पुष्टि गरे । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउन बाँकी छ । सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप