ललितपुरमा तोकियो निर्वाचन कार्यालय र मतगणना स्थल
ललितपुरका ६ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ ।
ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी कार्यालयको इमाडोलस्थित वडा नम्बर २ को कार्यालय भवन, गोदावरी नगरपालिकाको बज्रवाराहीस्थित नवनिर्मित भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
दक्षिण ललितपुरको बागमती गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय भट्टेडाँडा छपेलीस्थित नवनिर्मित प्रशासनिक भवनमा कार्यालय स्थापना भएको छ । महाँकाल गाउँपालिका कार्यालय गोटिखेलस्थित वडा नम्बर ३ मा कार्यालय खडा गरिएको छ । कोञ्ज्योसोम गाउँपालिकामा भने चौघरेस्थित पहिले भएको पुरानो गाउँपालिकाको कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।
तोकिए मतगणना स्थल
जिल्ला निर्वाचन कार्यालयले ललितपुरका सबै पालिकामा हुने मत गणनास्थल समेत तय गरेको छ । ललितपुर महानगरको मतगणना जावलाखेलको स्थानीय प्रशिक्षण भवनमा मत गणना हुनेछ । गोदावरीको कुस्ले चौरस्थित वडा नम्बर ११ मा रहेको वडा कार्यालय, महालक्ष्मी नगरमा इमाडोलस्थित महेन्द्र आर्दश माविमा मत गणना हुनेछ ।
बागमती गाउँपालिकाको छपेलस्थित प्रशासकीय भवनमा मतगणना गरिनेछ भने महाँकाल गाँउपालिकाको गोटीखेलस्थित महाँकाल माविमा मत गणना गर्ने कार्यक्रम छ । कोञ्ज्योसोम गाँउपालिकाको बाघभैरव माविमा मतगणना गर्ने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने