युभेन्ट्स कोपा इटालियाको फाइनलमा
बिहीबार, ०८ वैशाख २०७९, ०७ : २३

युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्स उपाधि नजिक पुगेको हो । युभेन्ट्सले पहिलो खेलमा १–० गोलको जित निकालेको थियो । घरेलु मैदानमा युभेन्ट्सले समग्रमा ३–० को जित निकालेको हो । युभेन्ट्सलाई जित दिलाउन फेडेरिको बेर्नार्डेस्ची र डानिलोले एक–एक गोल गरे ।
खेलको ३२ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको इन्ज्यूरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । अब युभेन्ट्सले उपाधिका लागि इन्टर मिलानसँग खेल्नेछ । इन्टर र युभेन्ट्सबीचको फाइनल खेल ११ मे मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते