शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रियललाई उपाधि जित्न चार अंकको खाँचो

बिहीबार, ०८ वैशाख २०७९, ०७ : १७
बिहीबार, ०८ वैशाख २०७९

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३–१ गोल अन्तरले हराउँदै उपाधि १७ अंकको अग्रता बनाएको हो । जितसँगै रियल उपाधि नजिक पुगेको छ । रियललाई अब उपाधि जित्न ४ अंकको आवश्यकता छ । शीर्ष स्थानको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ ।

पराजित ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा छ । रियललाई जित दिलाउन डेभिड अल्बा, मार्को एसेन्सियो र लुकास भास्क्वेजले एक एक गोल गरे । उता ओसासुनाका एन्ट बुडीमिरले एक गोल फर्काए । रियलका लागि खेलको १२ औं मिनेटमा अल्बाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

ओसासुनाका लागि १३ औं मिनेटमा बुडीमिरले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । ४५ औं मिनेटमा एसेन्सियोले गोल गर्दा रियलले २–१ गोलको अग्रता लियो । खेलको इन्ज्युूरी समयमा लुकासले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप