सिटी शीर्ष स्थानमा उक्लियो
बिहीबार, ०८ वैशाख २०७९, ०६ : ४२
म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई हराउँदै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको हो ।
सिटीले ब्राइटनलाई ३–० ले पराजित गर्यो । सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
फोडेनले सिटीका लागि ६५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ८२ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए । जितसँगै सिटीले ३२ खेलमा ७७ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि छ । पराजित ब्राइटन ४० अङ्क जोडेर दशौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु : अर्थमन्त्री पुन
-
सहकारी विवादमा झन् फस्दै गृहमन्त्री लामिछाने
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
-
वर्ल्डलिंकले दायर गरेको सबै मुद्दा खारेज, राज्यलाई २ अर्ब बुझाउनुपर्ने
-
मधेसमा ४ दल मिलेर सरकार गठन गर्ने, मुख्यमन्त्रीमा सहमति हुन बाँकी