शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तुको शम्शेरदल गणमा गोली चल्यो

बुधबार, ०७ वैशाख २०७९, २२ : ३६
बुधबार, ०७ वैशाख २०७९

कपिलवस्तुको गोरुसिंगेमा रहेको शम्शेरदल गणमा गोली चलेको छ । गणमा कार्यरत एक महिला सिपाहीले २ राउण्ड गोली चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गणको भित्रि पोष्टमा कार्यरत झापा जिल्ला गौरादह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीले आफैंमाथि गोली चलाएकी हुन् । उनको पेटमा गोली लागेको छ ।

घाइते राजवंशीलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरी नायव उपरीक्षक जेसी शाहले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप