शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला गोल्डकप : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

बुधबार, ०७ वैशाख २०७९, २१ : ५६
बुधबार, ०७ वैशाख २०७९

विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।

एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक–एक गोल गरिन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा गोल गर्दै आर्मीलाई  अग्रता दिलाइन् । ३४ औं मिनेटमा सरुले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाइन् । पहिलो हाफमा २–० ले अगाडी रहेको एपिएफले दोस्रो हाफमा एक गोल थप्यो । ७१ औं मिनेटमा सावित्राले गोल गर्दै एपिएफको अग्रता ३–० को बनाइन् ।  

८७ औं मिनेटमा आर्मीका लागि सपना लामाले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याइन् ।  खेलको इन्ज्यूरी समयमा आर्मीका लागि हेमा चौधरीले गोल गरेपनि एपीएफले ३–२ गोलको जित निकाल्यो ।

प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । बिहीवार हुने दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप