शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ठुलोलुम्पेकमा असिना र पानी, किसानको बाली नष्ट

बुधबार, ०७ वैशाख २०७९, २१ : ५२
बुधबार, ०७ वैशाख २०७९

अविरल वर्षासँगै आएको असिनाले गुल्मीको सत्यवती गाउँपालिका ३, ठुलोलुम्पेक गाउँका किसानहरूको खेतीपातिमा क्षति पुर्याएको छ । बुधबार दिउँसो वर्षासँगै आएको असिनाले ठुलोलुम्पेक गाउँका किसानले लगाएको खेतीमा ठूलो क्षति पुर्याएको हो । असिना–पानीले स्थानीय इन्द्रबहादुर विकको पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्मको तरकारी खेती नष्ट भएको छ । त्यहाँ करिब पाँच लाख बराबरको क्षति भएको उनले बताए । विकका दर्जनौ कुखरा समेत मरेका छन् । त्यस्तै असिनाले अन्य कृषकहरुले लगाएका तरकारी र गहुँ खेतीमा क्षति पुर्याएको छ ।

सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले असिनाले करोडौंको क्षति भएको जानकारी दिए । ठुलोलुम्पेकमा मात्र नभइ वडा नम्वर ५ को नेटा गाउँ र ८ को भार्से गाउँमा समेत असिनाले ठुलो क्षति गरेको ढकालले सुनाए । उनले अहिलेसम्मकै ठूलो असिना परेको समेत सुनाए । किसानको क्षतिपूर्तिका लागि राज्यको माथिल्लो निकायको ध्यान जानुपर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप