मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

भन्सार छली ल्याएको समानसहित एकजना पक्राउ

बुधबार, ०७ वैशाख २०७९, १३ : ००
बुधबार, ०७ वैशाख २०७९

भन्सार छली ल्याएको सामान र गाडीसहित एक  जना पक्राउ परेका छन् । काठमाडौंस्थित थानकोटबाट कल्कीतर्फ आउँदै गरेको ना ६ ख ४३ नं. को ट्रकमा भन्सार छली ल्याएको कपडासहित बुधबार एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा चितवनका २८ वर्षीय तस्विर तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त सामानसहितको ट्रक र तामाङलाई प्रहरी बृत्त कालिमाटी र प्रहरी प्रभात कल्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस्तै १५ लाख बराबरको समान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको ट्रक, समान र तामाङलाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप