सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुरक्षा संयन्त्र सबै तयारी अवस्थामा छन् : गृहमन्त्री खाँण

बुधबार, ०७ वैशाख २०७९, २१ : ०४
बुधबार, ०७ वैशाख २०७९

गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन कायमै रहने बताएका छन् । गृहजिल्ला रुपन्देही आएका मन्त्री खांँणले तिलोत्तमास्थित आफ्नै निवासमै बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै  गठबन्धन कुनै हालत नटुट्ने बताए । अहिलेको सरकार गठबन्धनबाट नै निर्माण भएको बताउँदै  काँग्रेस गठबन्धनकै पक्षमा रहने स्पष्ट पारे ।

उनले गठबन्धन दलहरूसँग सहमति, सहकार्य र सहयात्रा हुने भन्दै त्यसमा सवै प्रतिबद्ध रहेको समेत बताए । गृहमन्त्री खाँणले निर्वाचनका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘यसपटक एकै दिनमा देशभर निर्वाचन हुँदैछ, त्यसैले शान्ति सुरक्षाका लागि सरकारले रणनीति बनाएको छ, त्यसका लागि सुरक्षा संयन्त्र सबै तयारी अवस्थामा छन् ।’ 

यो पटकको निर्वाचनमा नयाँ दलहरुले पनि भाग लिने भन्दै उनले त्यसका लागि विप्लव नेतृत्वको नेकपासँग पनि चुनावमा सहभागिताबारे चरणबद्ध छलफल भैरहेको बताए । उनले विप्लव नेतृत्वको दल दर्ता, चुनाव चिन्ह र स्वतन्त्र उम्मेदवारीबारे छलफल भइरहेको बताए । खाँणले गठबन्धनको बिरोध गर्नुको औचित्य नहुने भन्दै सबैलाई पार्टी अनुशासनमा बस्न समेत आग्रह गरे । उनले पार्टी अनुशासनमा नवस्नेमाथि कारवाही हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप