मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश १ गठबन्धन बैठक : एमालेसँग सहकार्य नगर्ने निर्णय

बुधबार, ०७ वैशाख २०७९, २० : ५०
बुधबार, ०७ वैशाख २०७९

प्रदेश १ को चार दलीय गठबन्धनले आफूहरूबीच सहमति हुन नसकेका पालिकामा कुनै पनि हालतमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।  सुनसरीको इटहरीमा आज बसेको बैठकमा एमालेसँग सहकार्य नगर्ने बरु गठबन्धन दलहरु बीचमै अर्को गठबन्धन गर्न भने खुल्ला गर्ने निर्णय गरेको हो । 

प्रदेश १ माओवादी केन्द्रका उपाध्यक्ष शिवकुमार डाँगीले दिएको जानकारी अनुसार हालसम्म खोटाङ, भोजपुर र पाँचथरमा गठबन्धन बीचमा भागबण्डाको टुंगो लागिसकेको छ ।  यस्तै भोली सम्ममा धेरै जिल्लामा भागबण्डा मिलिसक्ने उनले बताए । उनकाअनुसार हालसम्म मिलेका जिल्लाको र नमिलेका जिल्लाको रिपोर्ट केन्द्रमा पठाउने पनि प्रदेशस्तरीय गठबन्धन संयन्त्रले निर्णय गरेको छ । मिलेका जिल्लामा तत्काल उम्मेदवारको टुंगो लगाएर चुनावमा जान पनि बैठकले कार्यकर्तालाई निर्देशन दिएको छ ।

‘एमाले बाहेक गठबन्धन भित्रकै दलहरूसँग गठबन्धन गरेर स्वस्थ प्रतिस्पर्धा गर्न पाउने निर्णय भएको छ,’ डाँगीले भने, ‘मिलेका जिल्लामा उम्मेदवार खडा गरेर चुनावमा होमिने र नमिलेको रिपोर्ट पनि केन्द्रलाई पठाएका छौं ।’
प्रदेश १ मा गठबन्धन दलमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी रहेका छन् । अन्य दल राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि गठबन्धन दलसँगै सहकार्य गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप