बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्र जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बुधबार, ०७ वैशाख २०७९, ०९ : ००
बुधबार, ०७ वैशाख २०७९

देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६९३ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७६ रहेको छ ।  पछिल्लो समय थप २५ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४२४ पुगेको छ ।  निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३८ हजार १८२ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३१८ रहेको छ । अहिले होम आइसोलेशनमा ३१४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा चार, आईसीयूमा चार र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप