बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै

बुधबार, ०७ वैशाख २०७९, २० : २३
बुधबार, ०७ वैशाख २०७९

डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधार्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले वताए ।

सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० वढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताए । परीक्षा नियन्त्रण केन्द्रले दिएको निर्देशनअनुसार एक हजार १२ भन्दा बढी सेन्टर राख्न नसकिने र माथिकै निर्देशनका आधारमा होम सेन्टर राख्न नमिल्ने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

परशुराम नगरपालिका र आलिताल गाउँपलिकामा चार, भागेश्वर, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा एक÷एक र सदरमुकाममा रहेका अमरगढी नगरपालिकामा चार वटा परीक्षा केन्द्र गरी १२ वटा केन्द्र तोकिएका छन् । 

सीमित ठाउँमा परीक्षा केन्द्र राख्दा दुर्गम विद्यालयका विधार्थी भने परीक्षा दिनका लागि सकस व्यहोर्नुपर्ने बाध्यता छ । विधार्थीलाई केन्द्रसम्म पुग्न नै सकस हुने भन्दै दुखेसो पोखिरहेका छन् । नजिकमा सेन्टर नहुँदा अजयमेरु, घनघस्या मावि खतेडाका विद्यार्थीले परीक्षा दिनका लागि मात्रै डेरा गर्नुपर्ने बाध्यता रहेको स्थानीय किशोर भण्डारीले वताए । घनघस्याका मात्रै नभई स्थानीय तहका धेरै विद्यालयले दुर्गमबाट आई परीक्षा दिनुपर्ने हुन्छ । प्राय विधार्थीले डेरा गरी बस्नुपर्दा बस्ने आवासका साथै खानपिनको पनि समस्या हुने हुनसक्ने देखिन्छ ।

परीक्षा केन्द्र तोकिएको ठाउँ अन्य विद्यालयबाट टाढा छन् । सीमित सेन्टरले गर्दा जिल्लाका एसईई दिन सहभागी हुने विधार्थी प्राय मर्कामा परेका छन् । पढाइ हुने समय कोरोनाले खायो, परीक्षा दिन जाँदा पनि दुर्गमताको सिकार हुनुपर्ने बाध्यता विद्यार्थीको हरेको छ । निर्देशन अनुसारको व्यवस्था गरिसकेको र यही वैशाख ९ गतेदेखि परीक्षास्थलको पूर्णतयारी भइसकेको शिक्षा विकास कार्यालय प्रमुख जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप