शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा गठबन्धन सहमति नजिक

बुधबार, ०७ वैशाख २०७९, २० : ०१
बुधबार, ०७ वैशाख २०७९

हिमाली जिल्ला मुगुमा गठबन्धन गरेरै स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएको छ । करिब एक हप्ता भन्दा बढी छलफलमै रहेको सत्ता गठबन्धनले गठबन्धनमा जाने निर्णय गरेका हुन् । 

आज बसेको बैठकले केही निर्णय पारित गरे पनि प्राविधिक कारणले पूर्णता पाउन नसकेको र निर्णयहरु प्रदेशसँग परामर्श गरेर गठबन्धनको अन्तिम टुंगो लगाइने नेपाली कांग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले बताए । 

'गठबन्धन गर्ने विषयमा हामी अन्तिम चरणमा पुगि सकेका छौं , प्राविधिक  कारणले गर्दा गठबन्धन हुन्छ कि हुँदैन भन्ने नेताहरु अकमकाई रहेका छन्' सभापति शाहीले भने 'करिब अन्तिम चरणमा गठबन्धन गरेरै जाने र यसको भोलि सम्म टुंगो लाग्छ।'

स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर केन्द्रबाटै सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू एक सातादेखि छलफलमा व्यस्त रहेका छन् । 

गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सोरु गाउँपालिकामा अध्यक्ष, छाँयानाथ रारा नगरपालिकामा उपाध्यक्ष दाबी गरे पछि गठबन्धन हुन सकिरहेको छैन ।

जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिकाको प्रमुख आफूले पाउनु पर्ने कांग्रेसको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप