शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु

बुधबार, ०७ वैशाख २०७९, १९ : ५७
बुधबार, ०७ वैशाख २०७९

भक्तपुरमा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ बुधबारबाट सुरू भएको छ । २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यसवर्ष पाँचौं पटकको रहेको जनाइएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ती स्कूलहरुमा परीक्षा सुरु भएको हो । 

परीक्षामा जम्मा परीक्षार्थी संख्या दुई हजार पाँंच सय ८१ रहेको जनाइएको छ । सामुदायिक विद्यालयबाट सहभागी संख्या सात सय ८६ र संस्थागत विद्यालयबाट सहभागी संख्या एक हजार सात सय ९५ रहेको जनाइएको छ ।  संस्थागत विद्यालय संख्या ४८ र परीक्षा केन्द्रको संख्या १२ रहेका छन् । 

यसैगरी आजदेखि नै कक्षा ५ को वार्षिक परीक्षा पनि भक्तपुर नगरपालिकाबाट सञ्चालन भएको छ । कक्षा ५ को वार्षिक परीक्षा यस वर्षदेखि मात्र नगरपालिकाले सञ्चालन गरेको जनाइएको छ ।

यसमा जम्मा ७९ वटा विद्यालयबाट दुई हजार दुई सय २६ जना परीक्षार्थीहरू परीक्षामा सहभागी रहेका छन् । भक्तपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यका अनुसार वैशाख १५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप