घोराही उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनबाट शर्मा उम्मेदवार
बुधबार, ०७ वैशाख २०७९, १९ : ५२
दाङको घोराही उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा उम्मेदवार बन्ने भएका छन् । गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मा उम्मेदवार बन्ने पक्का भएको हो ।
गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले बताएका छन् । शर्मा सो नगरपालिकामा विकास प्रेमी नेताको रुपमा चिनिन्छन् ।