शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

हेटौंडामा काँग्रेसले केन्द्रीय निर्णय नमान्ने, मित्रवत प्रतिस्पर्धा गर्ने

बुधबार, ०७ वैशाख २०७९, १९ : ३८
बुधबार, ०७ वैशाख २०७९

सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय नेपाली काँग्रेसले नमान्ने भएको छ । काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिले पत्रकार सम्मेलन गर्दै हेटौंडाको मेयर काँग्रेसले पाउनु पर्ने मागसहित केन्द्रले गरेको भागबण्डा नमान्ने जनाएको हो ।

काँग्रेस उपमहानगरपालिका समितिले पत्रकार सम्मेलन मार्फत्  स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय सच्याउनसमेत माग गरेको छ । काँग्रेस उपमहानगरपालिका समितिले केन्द्रीय नेतृत्व र गठबन्धनलाई ध्यानाकर्षण भएको र ५ दलीय गठबन्धन नेतृत्व बैठकले गरेको सहमति प्रति असहमति जनाउदै निर्णय सच्याउन माग गरेको हो ।

काँग्रेस उपमहानगरपालिका समितिका सभापति उत्सव इटेनीले हेटौंडाको मेयर काँग्रेसले नपाए काँग्रेस हेटौंडा उपमहानगर समितिले मंगलबार हेटौंडा उपमहानगरका १९ वटै वडा सभापतिको उपस्थितिमा बैठक गरेर मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय समेत गरेको बताए ।

उनले पालिकास्तरमै गठबन्धन दलबीच छलफल चलिरहँदा केन्द्रीय समितिले स्थानीय मर्म र भावनालाई वेवास्ता गर्दै केन्द्रमा सहमति गरेर टिकट काँग्रेसलाई नदिने निर्णय नमान्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै इटेनीले निर्णय सच्चिनेमा आफू आशावादी रहेको समेत बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप