निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आग्रह
निर्वाचन आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्दा कम खर्चिलो र शान्तिपूर्ण हुने भएको त्यसतर्फ ध्यान दिनुपर्ने सरोकारवालाहरु जोड दिएका छन् । उनीहरुले स्थानीय तहको निर्वाचनमा आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न र गराउने दुबै पक्षले ध्यान दिनुपर्ने बताएका छन् ।
संवाद समूह लुम्बिनीद्वारा बुधबार बुटवलमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक संवाद कार्यक्रममा पछिल्लो समय निर्वाचन महंगो भएकोले इमान्दार र लामो समय राजनीति गरेका व्यक्तिहरु चुनाब लड्नसक्ने परिस्थिति बनाउनु पर्ने बताएका छन् । कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले विगतका दिनमा आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही नहुँदा आचारसंहिता उल्लंघनका घटना बढेको भन्दै आचारसंहिता पालना गराउने कार्यमा निर्वाचन आयोगले ध्यान दिनु पर्ने बताए । उनले आयोग र दलहरु सबै जिम्मेवारीबाट बाहिर जान नहुने बताए ।
संघीय सांसद तथा नेकपा एकीकृत लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले सत्तामा हुने दलबाटै आचार संहिता उल्लंघन बढि हुने गरेको बताउँदै आयोग सत्ताधारी दलका उम्मेदवारमाथि कारबाही गर्न डराउन नहुने बताए । नेकपा एमाले केन्द्रीय सदस्य सावित्रा अर्यालले आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन सत्ता र सत्ता भन्दा बाहिर रहेका दलहरु आफै जिम्मेवार भएर लाग्नु पर्ने बताइन् ।
कार्यक्रमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोश अली, जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका सहइन्चार्ज कमल खनाल, राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलम लागतले आचारसंहितालाई औपचारिकतामा मात्रै सिमित नभई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले निर्वाचन भड्किलो हुन बाट रोक्नको लागि निर्वाचन आयोगले खर्च कम हुनेगरी आचारसंहिता तयार पारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई
-
कांग्रेस सांसदले किन आफ्नै सांसदको सारी तानिन् ?
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच छलफल जारी