मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जसपा नेता मोहम्मद इस्तियाक राई भन्छन्- नेपालगञ्ज मेयर नपाए बागी उम्मेदवारी दिन्छौं’

बुधबार, ०७ वैशाख २०७९, १८ : ३७
बुधबार, ०७ वैशाख २०७९

जनता समाजवादी पार्टी(जसपा) नेता मोहम्मत इस्तियाक राईले गठबन्धनबाट नेपालगञ्ज उपमहानगरपालिका मेयर नदिए बागी उम्मेदवारी दिने बताएका छन्। सत्ता गठबन्धनबाट मेयर नेपाली काँग्रेसको भागबण्डामा परेपछि राईले मेयरमा बागी उम्मेदवारी दिने चेतावनी दिएका हुन्।

‘जसपा बाँके जिल्ला अध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिका मेयर उम्मेदवारले पार्टीको निर्णय सच्याउन भोलि विहान १० बजेसम्मको म्याद दिनु भएको छ। यदी गठबन्धनले गरेको निर्णय नसचिएमा पार्टीबाट राजीनामा दिएर बागी उम्मेदवारी दिने भन्नु भएको छ’ रातोपाटीसँग कुरा गर्दै राईले भने,‘मैले यस क्षेत्रबाट प्रतिनिधित्व गर्छु। उनै नेता कार्यकर्ता,मतदाता र शुभचिन्तकबाट सांसद हुँ र देशको नेता भएको छु। त्यसमा मेरो पूर्ण सहमती हुने छ।’ आफूलाई जिताएका नेता कार्यकर्ता र शुभचिन्तक नै नभए पार्टीको निर्णय मात्रै मानेर जाने अवस्था नरहेको राईले जिकिर गरे।

‘मलाई जिताएका नेता कार्यकर्ता र शुभचिन्तक रहँदैनन् भने वा पार्टीको विरुद्धमा गए भने म बसेर के गर्ने ?’ राईले भने, ‘पार्टीले निर्णय सच्याएन भने साथीहरुले मेयरमा उम्मेदवारी दिनुहुन्छ। त्यसमा मेरो पूर्ण समर्थन हुने छ । म गठबन्धन विरुद्धमा प्रचार गर्ने छु । स्पष्ट छ।’ जसपाले कमरुद्धिन राई उपमहानगरपालिका मेयरमा अघि सारेको थियो। अन्तमा मेयर काँग्रेसको भागबण्डामा परेपछि राईले मेयरमा उम्मेदवारी दिने भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप