बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरपालिकामा गठबन्धनको निर्णय कार्यान्वयन गरिने

बुधबार, ०७ वैशाख २०७९, १८ : ३३
बुधबार, ०७ वैशाख २०७९

बुटवल उपमहानगरपालिकामा गठबन्धनको निर्णय कार्यान्वयन गरिने भएको छ । केन्द्रमा गठबन्धनले बुटवल उपमहानगरपालिकामा मेयर नेपाली काँग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।

सो नगरपालिकामा नगर सभापति  खेलराज पाण्डेय एकलौटी नाम सिफारिस गरेको भन्दै काँग्रेसभित्र विवाद भइरहँदा गठबन्धनका दलहरुले विवाद नगरी सिफारिस गर्न आग्रह गरेको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जिसीले काँग्रेसले विवाद नगरी उम्मेदवारको सिफारिस गरे बुटवल मेयर जित्न सक्ने बताए । उनले काँग्रेसमा आन्तरिक समस्या भएपछि गठबन्धनमा पनि समस्या हुने भएकाले उम्मेदवार चयन गर्दा विवाद नगरी ल्याउनु पर्ने बताए । एकीकृत समाजवादीका प्रदेश सदस्य एवं बुटवल नगर अध्यक्ष चिन बहादुर गुरुङले काँग्रेसको आन्तरिक विवादलाई बाहिर ल्याउन नहुने बताए । उनले काँग्रेसले जसलाई मेयर बनाए पनि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

बुटवलमा  एकीकृत समाजवादीले उपमेयर पाएको छ । माओवादी केन्द्र र जनमोर्चाले वडाहरू पाउने भएका छन् । तर वडाहरूमा कसलाई कति दिने भन्ने निर्णय हुन सकेको छैन । बिहीबार साँझसम्म टुंगो लागि सक्ने माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले बताए । २०७४ सालको निर्वाचनमा एमाले जितेको बुटवल उपमहानगर पालिकामा  गठबन्धनले एमाले हराउने रणनीति बनाएको छ । मंगलबार काँग्रेस बुटवल नगर समितिले मेयरको उम्मेदवारमा खेलराज पाण्डेको नाम सिफारिस गरेको थियो ।

उम्मेदवार सिफारिससँगै काँग्रेस संस्थापन इतर समूहमा असन्तुष्टि चुलिँदै गएको छ । असन्तुष्ट पक्षले प्रदेश समिति र जिल्ला समितिलाई असहमतिसहितको ज्ञापन पत्र बुझाएको छ । संस्थापन इतर पक्षबाटै उपमहानगरको मेयरमा हरि लम्साल, चन्नु प्रसाद पौडेल लगायतका आकाङ्क्क्षीले लुम्बिनी प्रदेश सभापति अमर पुनलाई नगर सभापतिले एकलौटी काम गरेको भन्दै सच्चाउन  ध्यानआर्कषण गराएका थिए । प्रदेश सभापति पुनले पार्टीको विधानमा रहेर सवैलाई मान्य हुने गरी निर्णय गर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप