आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केजीएफ-२ ले तोड्दै एकपछि अर्को रेकर्ड

बुधबार, ०७ वैशाख २०७९, १८ : १७
बुधबार, ०७ वैशाख २०७९

भारतीय सिनेमा उद्योगमा कमाइको आधारमा केजीएफ–२ ले एकपछि अर्को रेकर्ड तोडिरहेको छ । वैशाख १(अप्रिल १४) मा रिलिज भएको फिल्मले सातौं दिन २५० करोड भारुको नाघ्ने पक्कापक्की जस्तो देखिएको फिल्म व्यापार विश्लेषकले बताएका छन् । 

यदि बुधबार दिनभरमा केजीएफ–२ को कमाइ २५० करोड भारु नाघ्यो भने यो फिल्म भारतीय फिल्म उद्योगमा सबैभन्दा छोटो अवधिमा त्यति रकम कमाइ गर्ने पहिलो फिल्म हुने समाचारमा जनाइएको छ ।
यसअघि नै फिल्मले भारतीय फिल्महरुमध्ये सबैभन्दा छोटो अवधिमा (पाँच दिन) २०० करोड भारु कमाइ गर्ने रेकर्ड बनाइसकेको छ।

केजीएफ–२ सन् २०२२ मा कम्तिमा २५० करोड भारु व्यापार गर्ने तेस्रो भारतीय फिल्म बन्ने कुरा भने करिब निश्चित छ।
केजीएफ–२ को हिन्दी संस्करणले मंगलबारसम्म कुल २३८.७० करोड भारु कमाइसकेको थियो। अर्थात यो फिल्मको हिन्दी संस्करण २५० करोड भारु कमाउनबाट ११.३० करोड मात्र पर देखिन्छ । मंगलबार एक दिनमै १९.११ करोड भारु कमाएको हिसाबमा फिल्मले बुधबार २५० भारुको व्यापार गर्ने भारतीय फिल्मका व्यापार विश्लेषकहरुले बताएका छन्। 

फिल्मले रिलिज भएको पहिलो दिन बिहीबार ५३.९५ करोड कमाइ गरेको थियो, जुन भारतीय फिल्महरूमा पहिलो दिनको कमाइको रेकर्ड हो। त्यसपछि फिल्मले दोस्रो दिन ४६.७९ करोड, शनिबार ४२.९० करोड, आइतबार ५०.३५ करोड र सोमबार २५.५७ करोड कमाएको थियो। जम्मा पाँच दिनमा उसले २०० करोड कमाइ पार गर्यो। 

केजीएफ–२ अघि एसएस राजमौली निर्देशित फिल्म बाहुबली–२ भारतीय सिनेमाको सबैभन्दा ठूले फिल्म मानिन्थ्यो। त्यसको हिन्दी संस्करणले मात्र सबै गरेर कुल ५११ करोड कमाइ गरेको थियो। तर केजीएफ–२ को कमाइको वर्तमान गतिलाई हेर्दा यसले बाहुबली–२ को कमाइलाई उछिन्ने सम्भावना देखिन्छ। 
जागरणबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप