मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दक्षिण एसियाली टेबल टेनिसका लागि खेलाडी छनोट

बुधबार, ०७ वैशाख २०७९, १८ : ०१
बुधबार, ०७ वैशाख २०७९

दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबल टेनिस संघले खेलाडी छनोट गरेको छ ।  क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।

क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गर्ल्समा इभाना थापा र वियंका राई रहेका छन् । जुनियरको ब्वाइजमा संयोग कपाली, रुविन महर्जन र सुजन गडाल छन् ।  गर्ल्समा अन्जु सुवाल, मन्जु सुवाल र शुभश्री श्रेष्ठ छनोट भए । प्रतियोगिता माल्दिभ्सको मालेमा बैशाख २५ देखि २९ गतेसम्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप