आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

के केकीले विवाह गरेकी हुन् ?

बुधबार, ०७ वैशाख २०७९, १७ : ५०
बुधबार, ०७ वैशाख २०७९

अभिनेत्री केकी अधिकारीले बुधवार गुपचुप विवाह गरेको चर्चा फिल्म क्षेत्रमा भुसको आगो झैँ फैलिरहेको छ । आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी उनी भव्य विवाहमा रुचि नभएको बताउँथिन् ।

उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारे पूर्णरुपमा जानकारी छैन । तर विवाहको हल्ला उनीहरूले पनि सुनेका छन् । केहीले भने उनको विवाह नभएर इन्गेजमेन्ट भएको सुनेको बताउँछन् । केकी नजिक रहेकी बेनिशा हमाल भन्छिन्, ‘मैले पनि हल्ला सुनेँ । मलाई पनि धेरै जनाले फोन गरेर सोधी सक्नुभयो । तर मलाई नै निम्तो भएन ।’

प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् । त्यसैले पनि उनले विवाह बाहिर नल्याएको बताइन्छ । केकीले कोसँग विवाह र कहाँ विवाह  गर्दैछिन् अहिले बाहिर आएको छैन । उनको प्रोडक्सन हाउससँग जोडिएको एक सदस्यले विवाह हो भन्ने सुनेको तर व्यक्ति अझै थाहा नभएको बताए ।

केकीको विवाहको हल्ला अगाडी आजै तीन अभिनेत्री रेखा थापा, पूजा शर्मा र वर्षा शिवाकोटीको विवाहको हल्ला पनि चलेको थियो । केही अगाडि कोट म्यारिज गरेकी रेखाको त्यस अगाडि वैशाखमा विवाह हुने चर्चा थियो । पूजाले भने केही अगाडि एक कार्यक्रममा छिट्टै विवाह गर्ने बताएकी थिइन् । यता वर्षाको पनि विवाह हुन लागेको हल्ला केही दिनदेखि चलिरहेको छ । नेपाली फिल्म क्षेत्रमा अविवाहित अभिनेत्री थुप्रै छन् । धेरै अभिनेत्रीहरू विवाहको प्रश्नमा छिट्टै भनेर समेत बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप