सैनिक आचारसंहिता कार्यक्रम सुरु
बुधबार, ०७ वैशाख २०७९, १७ : ४७
नेपाली सेनाले बुधबारबाट दुई दिने ‘सैनिक आचारसंहित कार्यक्रम, २०७९’ सुरु गरेको छ ।
सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरूका बारेमा सु–सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
बलाधिकृत रथी बालकृष्ण कार्कीले जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आज कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बलाधिकृत रथी कार्कीले सैनिक आचारसंहिता कार्यक्रमले नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिकता र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ २५ देखि ‘ऊनको स्विटर’ छायांकनमा
-
सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन
-
सहकारी काण्डले अध्यादेशउन्मुख हुँदैछ बजेट ?
-
विदेशी कामदारका लागि नयाँ कोटामा रोक कायमै राख्ने मलेसियाको निर्णय
-
तीन महिनापछि खुल्यो हाइटीको मुख्य विमानस्थल
-
कार्यदल बैठक : संसदीय छानबिन समितिको ‘टीओआर’मा सहमति