शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

बुधबार, ०७ वैशाख २०७९, १७ : ४७
बुधबार, ०७ वैशाख २०७९

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७  मतदानस्थल र ४०४  मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदान केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगञ्ज महानगरपालिकामा ५५ मतदानस्थल र १४३  मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए ।  यसैगरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ । 

यसैगरी क्रममा पोखरियामा ११ मतदानस्थल र २४ मतदान केन्द्र, बहुदरमाईमा ११ मतदानस्थल र २८ मतदान केन्द्र तथा पर्सागढी नगरपालिकामा १२ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको हो ।  यसैगरी विन्दवासनीमा नौ मतदानस्थल र २० मतदान केन्द्र, पकहामैनपुरमा छ मतदानस्थल र १५ मतदान केन्द्र धोवनीमा सात मतदानस्थल र १६ मतदान केन्द्र , छिपहरमाईमा आठ मतदानस्थल र २० मतदान केन्द्र, कालिकामाईमा नौ मतदानस्थल र १८ मतदान केन्द्र, जगरनाथपुरमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, जिराभवानीमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, पटेवासुगौलीमा आठ मतदानस्थल र १७ मतदान केन्द्र, सखुवाप्रसौनीमा सात मतदानस्थल र २१  मतदान केन्द्र  तथा ठोरी गाउँपालिकामा सात मतदानस्थल र १७  मतदान केन्द्र  निर्धारण गरिएको छ ।  

आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाको महत्वपूर्ण भूमिका हुनुपर्नेमा कार्यालय कार्यालय प्रमुख झाले बताए ।  जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता छन्  ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७ र महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६  छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप