आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले भन्छ– जित्ने मनोबलका साथ मैदानमा होमिएका छौं

बुधबार, ०७ वैशाख २०७९, १७ : ३१
बुधबार, ०७ वैशाख २०७९

स्थानीय तहको निर्वाचन अन्तर्गत कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लामा दलहरु आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूका अतिरिक्त प्रमुख प्रतिपक्ष नेकपा एमालेले चुनाव केन्द्रित गतिविधिलाई जोड दिँदै आएको देखिन्छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा यो जिल्लामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो । यहाँ नेकपा माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा स्थापित छ । पाँच वटा नगरपालिका र चारवटा गाउँपालिका रहेको सुर्खेतमा ०७४ को निर्वाचनमा ६ वटा स्थानीय तहमा काँग्रेसले मेयर÷अध्यक्षमा जितेको थियो भने ५ वटा स्थानीय तहका उपमेयर÷उपाध्यक्षमा जितेको थियो ।

दोस्रो शक्तिका रुपमा स्थापित एमालेले लेकबेसी नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा जित हासिल गर्दा तेस्रो शक्तिमा रहेको माओवादीले पालिका प्रमुख तथा उपप्रमुखमा भने जित हासिल गर्न सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतमा चौथो शक्तिको रुपमा छ ।

काँग्रेसका सुर्खेत जिल्ला कार्यसमिति सचिव देवकुमार सुवेदीले जिल्लामा काँग्रेसको पकड बलियो रहेको भन्दै गठबन्धन घटकबीच तालमेल भएमा सबै पालिकामा जित हासिल गर्न सकिने बताए ।

उनले तालमेलका बारेमा गठबन्धन घटकबीच छलफल चलिरहेको बताउँदै कसले कहाँ नेतृत्व गर्ने भन्ने सवालमा ०७४ को मत परिणामलाई आधार मान्नुपर्ने बताए । ‘कुन स्थानीय तहका कुन दलको जनाधार कस्तो छ, तथ्यगत रिपोर्ट पेस गर्न भनिएको छ,’ उनले भने, ‘हिजो हामीले जितेको ठाउँमा माओवादीलाई दिइहाल्ने, सबै आधा–आधा भागबण्डा गर्ने भन्ने कुरा हुँदैन र हुनु पनि हुँदैन । गठबन्धनको संरचना नै विगतको चुनावको मत परिणाम हो ।’ उनले काँग्रेसभित्रको समस्यालाई पार्टीभित्र छलफल गरेर समाधान गर्ने पनि बताए ।

माओवादी केन्द्र सुर्खेतका इञ्चार्ज झकबहादुर मल्ल (सुदीप) सुर्खेतमा माओवादी निर्णायक शक्ति भएको बताउँछन् । झण्डै ९९ प्रतिशत वडा तहमा माओवादी केन्द्रले जोसँग तालमेल गर्छ, उसैले जित्न सक्ने स्थिति रहेको उनको भनाइ छ ।

उनले भने, ‘५० प्रतिशत वडामा माओवादी एक्लै लड्दा पनि जित्नेगरी संगठन सुदृढ भएको छ ।’ गठबन्धन घटकबीच तालमेलसहित चुनावी मैदानमा जाँदा सबै पालिकामा गठबन्धनकै जित निश्चित रहेको उनको भनाइ छ ।

यो जिल्लामा नेकपा एकीकृत समाजवादीले पनि संगठनात्मक स्थितिलाई बलियो बनाउने प्रयास गरिरहेको छ ।

काँग्रेस र एमाले आन्तरिक द्वन्द्वमा

सुर्खेतमा प्रमुख राजनीतिक दल एमाले र काँग्रेसमा व्यापक आन्तरिक द्वन्द्व छ । दुवै पार्टीभित्र गुटगत संघर्ष चलिरहेको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा एमाले कर्णालीका इञ्चार्ज यामलाल कँडेलले एमालेको अधिवेशनमा हस्तक्षेप गरेको भन्दै अध्यक्षमा पराजित डन्डीप्रसाद शर्मा विरोधमा उत्रिएका थिए । उनले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर पार्टीमा भएका कमीकमजोरी सुधार नगरे सडकबाटै ठेगान लगाउने चेतावनीसमेत दिएका थिए ।

अर्कोतिर सुर्खेतमा पहिलो शक्तिका रुपमा रहेको काँग्रेसभित्र कोइराला पक्षले ४० प्रतिशत हिस्सा नदिए विद्रोहको चेतावनी दिइसकेको छ ।

सुर्खेतमा काँग्रेसभित्र संस्थापन पक्षबाट पूर्णबहादुर खड्का र इतर पक्षबाट हृदयराम थानीबीच प्रतिस्पर्धा हुने गरेको छ । थानी पक्ष स्थानीय तहको निर्वाचनमा कसैसँग तालमेल गर्न नहुने पक्षमा छ भने खड्का पक्षले तालमेलका लागि जोड दिँदै आएको छ ।

सत्तारुढ गठबन्धनबीच पालिकास्तरमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भइसकेको छ । यद्यपि तालमेलका लागि कस्तो मोडालिटी बनाउने भन्नेबारे नेताहरु केन्द्रको निर्णय कुरिरहेका छन् । जसका कारण गठबन्धनभित्रका दलहरूलाई उम्मेदवार छान्न सकस भइरहेको छ ।

एमाले भन्छ– गठबन्धनलाई सामना गर्न तयार छौं

नेकपा एमालेका सुर्खेत जिल्ला सह–इञ्चार्ज मोहनमाया ढकाल (भण्डारी) सुर्खेतमा एमालेको सांगठनिक संरचना सुदृढ भएको दाबी गर्दै गठबन्धनको सामना गर्न तयार रहेको बताउँछिन् । गठबन्धनले एमालेको जनाधारमा कुनै असर नगर्ने उनको भनाइ छ । जित्न सकिन्छ भने उच्च मनोबलका साथ आफ्नो पार्टी चुनावी मैदानमा होमिएको उनले बताइन् ।

यस्तो छ ०७४ को स्थानीय तह निर्वाचनमा सुर्खेत जिल्लाको मत परिणाम

गुर्भाकोट नगरपालिका

यो नगरपालिकामा नेपाली काँग्रेसका हस्त पुन १० हजार ६३ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । सोही पदमा एमालेका देव बहादुर खत्रीले ७ हजार १२३ र माओवादी केन्द्रका हिराबहादुर थापाले एक हजार ५९१ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा नेपाली काँग्रेसकै मैना विकले ९ हजार ९७८ मत ल्याएर विजयी भएकी थिइन् । उपप्रमुखमा एमालेको ७ हजार २६६ र माओवादी केन्द्रको एक हजार ६०० मत आएको थियो ।

यो पालिकाको १४ वटा वडामध्ये २, ३, ५, ६, ७, ८, १०, ११, १२, १३ र १४ मा नेपाली काँग्रेसले जित हासिल गर्दा एमालेले वडा नम्बर १, ४, ९ मा जितेको थियो ।

यो पालिकामा अघिल्लो निर्वाचनमा मेयर पदका लागि एमालेको तुलनामा नेपाली काँग्रेस करिब तीन हजार मतले अगाडि रहेका कारण पनि अहिले नेपाली काँग्रेसले गठबन्धन घटकबीच तालमेल बिना पनि आफूले जित्ने दाबी गरिरहेको छ ।

पञ्चपुरी नगरपालिका

अघिल्लो निर्वाचनमा यो पालिकाको मेयरमा काँग्रेसका उपेन्द्रबहादुर थापा र उपप्रमुखमा काँग्रेसकै मुक्तिदेवी रेग्मी विजयी भएका थिए । मेयरमा थापाले ५ हजार १३४ मतसहित जित हासिल गर्दा एमालेका मनबहादुर कामीले ४ हजार ७३२ मत ल्याएका थिए भने माओवादी केन्द्रका धनबहादुर विकले एक हजार ३५८ मत ल्याएका थिए ।

उपप्रमुखमा रेग्मीले ५ हजार २०४ मत ल्याउँदा एमालेकी राजकुमारी तिवारीले ४ हजार ८२४ मत ल्याएकी थिइन् । यस्तै माओवादी केन्द्रकी सीता पाण्डेले एक हजार ४४७ र चौथो शक्तिको रुपमा राप्रपाकी हरिकला तारामीले ३५१ मत ल्याएकी थिइन् ।

११ वटा वडामध्ये काँग्रेसले २, ४, ६, ८, १०, ११ मा जित हासिल गर्दा एमालेले १, ३, ५, ७ र ९ मा जितेको थियो ।

भेरीगंगा नगरपालिका

यहाँ पनि काँग्रेसले नै प्रमुख÷उपप्रमुख जितेको थियो । प्रमुखमा काँग्रेसका भुपेन्द्रबहादुर चन्दले ७ हजार ५४३ मत ल्याएर विजयी हुँदा उपप्रमुखमा रेणु आचार्यले ७ हजार ५७४ मत ल्याएर निर्वाचित भएकी थिइन् । यहाँ प्रमुखका लागि एमालेका यज्ञप्रसाद ढकालले ७ हजार ३८४ मत ल्याएका थिए भने माओवादी केन्द्रका कृष्णप्रसाद गिरीले एक हजार ६३७ मत ल्याएका थिए ।

यस्तै, उपप्रमुखमा एमालेकी चन्द्रा आचार्यले ७ हजार २९७ मत ल्याउँदा माओवादी केन्द्रकी डिलसरा थापा क्षेत्रीले एक हजार ६५८ मत ल्याएकी थिइन् ।

१३ वटा वडा रहेको पालिकामा वडा नम्बर २, ३, ४, ६, ७, ८, १० र १२ मा काँग्रेसले जित हासिल गरेको थियो भने वडा नम्बर ५, ९, ११ र १३ मा एमालेले र वडा नम्बर १ मा माओवादी केन्द्रले जितेको थियो ।

लेकबेसी नगरपालिका

यो नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले जित हासिल गरेको थियो । मेयरमा एमालेका गगनसिंह सुनारले ५ हजार ७५३ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका उमेश कुमार पौडेलले ४ हजार ३९९ र माओवादी केन्द्रका खड्ग घर्तीले २ हजार १५८ मत ल्याएका थिए ।

उपप्रमुखमा एमालेकी शान्ति कुमारी छन्तेलले ५ हजार ७४० मत ल्याएर जित हासिल गर्दा काँग्रेसकी लिलमती विकले ४ हजार ४३८ र माओवादी केन्द्रकी आरती विकले एक हजार ९५७ मत ल्याएकी थिइन् ।

१० वटा वडामध्ये वडा नम्बर १, ३, ६, ७, ८ र ९ मा एमाले र वडा नम्बर २, ४ र १० काँग्रेसले जितेको थियो । माओवादीले वडा नम्बर ५ मा मात्र जित हासिल गरेको थियो ।

चिङ्गाड गाउँपालिका

यो गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवबहादुर चन्द २ हजार ९४९ मत ल्याएर निर्वाचित हुँदा एमालेका बखतबहादुर खत्रीले २ हजार ३८५ र नेकपा माओवादी केन्द्रका बोधविक्रम जिसीले एक हजार ७२१ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकै मनमाया आचार्यले २ हजार ९१७ मत ल्याएर जित हासिल गर्दा एमालेकी दीपा कुमारी रानाले २ हजार ४१४ र माओवादी केन्द्रकी तेजकुमारी रानाले एक हजार ७१९ मत ल्याएकी थिइन् । ६ वटा वडा रहेको यो पालिकामा १, २, ४ र ५ नम्बर वडामा नेपाली काँग्रेस, ३ मा माओवादी केन्द्र र वडा नम्बर ६ मा एमालेले जितेको थियो । 

चौकुने गाउँपालिका

यस गाउँपालिकाको अध्यक्षमा एमालेका धीरबहादुर शाही ३ हजार २४२ मतका साथ निर्वाचित हुँदा माओवादी केन्द्रका खड्ग विकले २ हजार ६३३ मत ल्याएका थिए भने काँग्रेसका गजराज जोशीले २ हजार २५० मत पाए ।

उपाध्यक्षमा एमालेकी निर्मला मगरले ३ हजार ३५७ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रकी बिमला जिसीले २ हजार ३१२ र काँग्रेसकी रेनु रानाले २ हजार १९४ मत ल्याएकी थिइन् । १० वटा वडामध्ये काँग्रेसले वडा नम्बर २ र ४, माओवादीले ६ र ९ मा जितेको थियो भने एमालेले १, ३, ५, ७, ८ र १० मा जितेको थियो ।

अघिल्लो निर्वाचनको मतपरिणामका अनुसार यो पालिकामा सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा एमाले पछि पर्ने देखिन्छ ।

बराहताल गाउँपालिका

यो गाउँपालिकाको अध्यक्षमा काँग्रेसका तेजबहादुर बस्नेत ३ हजार २२१ मत ल्याएर निर्वाचित हुँदा एमालेका ताराकेशर गौतमले २ हजार ९१४ र माओवादी केन्द्रका बलबहादुर कठायत एक हजार ९८४ मतमा सीमित बनेका थिए ।

उपाध्यक्षमा काँग्रेसकी शोभा कुमारी शर्माले ३ हजार ३१२ मत ल्याएर विजयी हुँदा एमालेकी आशा थापा कार्कीले ३ हजार १९० र माओवादी केन्द्रकी गोमा गुरुङले एक हजार ९४४ मत ल्याएकी थिइन् । १० वटा वडा रहेको यहाँ काँग्रेसले १, ५, ८ र ९ तथा  एमालेले २, ७ र १० नम्बर वडामा जितेको थियो । ३ र ४ नम्बर वडामा माओवादी र वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

सिम्ता गाउँपालिका

यो पालिकाको अध्यक्षमा एमालेका कविन्द्र कुमार केसी ५ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका खड्क पोखरेलले ४ हजार ६०४ र माओवादी केन्द्रका झुपबहादुर बुढा मगरले ६६४ मत पाए । उपाध्यक्षमा एमालेकै चन्द्रकला शाहीले ५ हजार ३४६ मत ल्याउँदा काँग्रेसकी भिमा मल्लले ४ हजार ५४६ र माओवादी केन्द्रकी चन्द्रकला खत्री ७२५ ले पाइन् ।

९ वटा वडा रहेको यो पालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ८ मा एमालेले जित्दा काँग्रेसले वडा नम्बर २, ७ र ९ मा जितेको थियो । माओवादी केन्द्रले यो पालिकाको कुनै पनि वडामा जित हासिल गर्न सकेन ।

वीरेन्द्रनगर नगरपालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप