राहदानीका लागि अनलाइन फारम भर्दा चर्को शुल्क लिने तीन जना पक्राउ
![राहदानीका लागि अनलाइन फारम भर्दा चर्को शुल्क लिने तीन जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrested1_1uzGc85NiZ.jpg)
कञ्चनपुरमा राहदानीको अनलाईन फारम भर्ने क्रममा ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्राहीबाट बढी रकम लिएको आरोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हेम फोटो स्टूडियोका सञ्चालक केशवराज जोशी, हार्दिक फोटो स्टूडियोका विरबहादुर धामी र देवराज जोशी छन् । उनीहरुले अनलाईन फारम भरेबापत सेवाग्राहीसँग एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिएको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।
नियन्त्रणमा लिइएका तीनै जनामाथि ठगी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । राहदानीका लागि अनलाइन फारम भर्नका लागि यसरी अनधिकृत रुपमा चर्को शुल्क लिनेविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सबैमा आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत