गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा, कसको भागमा कहाँ ? (सहमति पत्रसहित)
सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।
गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखको टुंगो लगाएको छ भने वीरगञ्ज,भरतपुर र पोखरा महानगरपालिकामा उप मेयरको टुंगो लगाएको छ । त्यस्तै काँग्रेसलाई धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा उपप्रमुखको टुंगो लागेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने ललितपुर महानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ । त्यस्तै माओवादी केन्द्रलाई जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने धरान र धनगढी उपमहानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण