गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा, कसको भागमा कहाँ ? (सहमति पत्रसहित)

सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।
गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखको टुंगो लगाएको छ भने वीरगञ्ज,भरतपुर र पोखरा महानगरपालिकामा उप मेयरको टुंगो लगाएको छ । त्यस्तै काँग्रेसलाई धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा उपप्रमुखको टुंगो लागेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने ललितपुर महानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ । त्यस्तै माओवादी केन्द्रलाई जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने धरान र धनगढी उपमहानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म