गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा तिमिल्सेना सिफारिस
नेकपा माओवादी केन्द्र गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा दीपक तिमिल्सेना ‘साकार’ सिफारिस भएका छन्। गाउँ कमिटीको बुधबार बसेको बैठकले अध्यक्षमा तिमिल्सेनालाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो।
उपाध्यक्षमा भने पार्टीबाट कसैको नाम सिफारिस गरिएको छैन। माओवादी र काँग्रेसबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले उपाध्यक्षमा नाम सिफारिस नगरिएको हो। गण्डकी गाउ कमिटी अध्यक्ष सीताराम रसाइली मुक्तिले रातोपाटीलाई बताए । उनले भने, 'हाम्रो पालिकामा माओवादी पार्टी बलियो प्रतिस्पर्धी हो । अघिल्लो निर्वाचनमा पनि संगठन बलियो हुँदाहुँदै पनि प्राविधिक कारणले हार बेहोर्नुपर्यो । यसपालि हाम्रो संगठन झन् बलियो भएको छ । एक्लै लड्दापनि पालिकासहित सात वडा जित्ने हाम्रो आधार छ । त्यसकारण गठबन्धन हुँदा पालिका अध्यक्षमा हाम्रो स्वभाविक दाबी रहन्छ ।' यसअघि निर्वाचनमा तिमिल्सेना २७४ मतले पराजित भएका थिए। उनी काँग्रेसका उम्मेदवार होमबहादुर राना मगरसँग पराजित भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !