सर्वोच्चले रोक्यो ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने बजेटको व्यवस्था
बुधबार, ०७ वैशाख २०७९, १६ : ४०
![सर्वोच्चले रोक्यो ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने बजेटको व्यवस्था](https://rpcdn.ratopati.com/media/albums/supreme_court_by_subash_3_1P4dRVDPSh_ybyhemLNty.jpg)
सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको छ । बुधबार बसेको संवैधानिक इजलासको आदेशले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको हो ।
यसअघि, सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत चुरे दोहन गरेर भारततर्फ ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने घोषणा गरेको थियो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको बजेटमार्फत चुरे दोहन गरेर यी वस्तुको निकासी गर्ने योजना अघि सारेको थियो ।
सरकारको सोही योजनाविरुद्ध आदेश दिँदै सर्वोच्चले निकासी रोकेको हो । ‘संविधानको मर्म र भावना अनुकुल हुनेगरी विधायिकाद्वारा निर्मित कानूनले अर्को व्यवस्था नगरेसम्म सरकारलाई ढुंगा, गिट्टी र बालुवाको निकासीमा रोक लगाएको हो । बजेट भाषण लगत्तै अदालतले अन्तरिम आदेश यसको निकासीमा रोक लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध