सर्वोच्चले रोक्यो ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने बजेटको व्यवस्था
बुधबार, ०७ वैशाख २०७९, १६ : ४०
सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको छ । बुधबार बसेको संवैधानिक इजलासको आदेशले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको हो ।
यसअघि, सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत चुरे दोहन गरेर भारततर्फ ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने घोषणा गरेको थियो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको बजेटमार्फत चुरे दोहन गरेर यी वस्तुको निकासी गर्ने योजना अघि सारेको थियो ।
सरकारको सोही योजनाविरुद्ध आदेश दिँदै सर्वोच्चले निकासी रोकेको हो । ‘संविधानको मर्म र भावना अनुकुल हुनेगरी विधायिकाद्वारा निर्मित कानूनले अर्को व्यवस्था नगरेसम्म सरकारलाई ढुंगा, गिट्टी र बालुवाको निकासीमा रोक लगाएको हो । बजेट भाषण लगत्तै अदालतले अन्तरिम आदेश यसको निकासीमा रोक लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा
-
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
-
पहिलोपटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
-
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु
-
बागमतीको अर्थ तथा विकास समितिमा राप्रपाविरुद्ध राप्रपा उम्मेदवार