गोरखा-काठमाडौं सम्पर्क समितिको छानबिन अनुशासन आयोगले गर्दै छ : नेता आचार्य
नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिका इन्चार्ज डिलाराम आचार्यले गोरखा-काठमाडौं सम्पर्क समन्वय समितिको विवाद अनुशासन आयोगले छानबिन गरी रहेको बताएका छन्। समितिको उजुरी अनुशासन आयोगमा परेकाले त्यहाँ छानबिन भएपछि मात्रै फैसला हुने आचार्यले बताए ।
‘गोरखा काठमाडौं सम्पर्क समन्वय समितिको विवाद पार्टीको अनुशासन आयोगमा उजुरी परेको छ। आयोगले उजुरीमाथि छानविन गर्दै छ’ रातोपाटीसँग कुरा गर्दै आचार्यले भने,‘छानबिनबाट जे जस्तो तथ्य फेला पर्छ त्यसपछि मात्रै निर्णय लिइने छ।’
गोरखा-काठमाडौं सम्पर्क समितिको विवाद निर्वाचन आयोग, अनुशासन आयोग हुँदै ‘प्रचण्ड’सम्म पुगेको हो।
गोरखा-काठमाडौं सम्पर्क समन्वय समितिमा अध्यक्षसहित पदाधिकारी को हुने भन्ने विषयमा विवाद भएपछि सर्वसम्मत हुन सकेको थिएन। त्यसपछि गत चैत १० गते निर्वाचन भयो। ‘गोरखा काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा अनुप श्रेष्ठ र नारायण भट्टराईले प्रतिष्पर्धा गरेका थिए।
निर्वाचनमा श्रेष्ठले भट्टराईलाई पराजित गर्दै नयाँ नेतृत्वमा श्रेष्ठ आए। उनको नेतृत्वमा ४१ सदस्यीय कमिटी निर्वाचित भई सपथ समेत लियो। निर्वाचन भएको दुई दिनपछि भट्टराई पक्षले आयूष गुरुङको नाममा अर्कैले भोट हालेको सीसीटीभी फुटेजमा देखिएपछि विवाद निर्वाचन आयोग, अनुशासन आयोग हुँदै प्रचण्डसम्म पुगेको हो।
प्रचण्डले सम्पर्क समन्वय हालकाे समितिले कार्य प्रारम्भ गर्दा तल विवाद हुने भएकाले गर्दा स्थानीय चुनावमा दुवै पक्ष आत्मसमानका साथ फिल्डमा जाने वातावरण बनाउन श्रेष्ठ र भट्टराई दुबै पक्षलाई आग्रह गर्दै निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिए। निर्वाचन पछि मात्रै गोरखा काठमाडौ सम्पर्क समन्वय समितिको विवाद निरुपण हुने प्रचण्डले आश्वासन दिएका छन्। यस विषयमा निर्वाचनबाट पराजित भट्टराईले रातोपाटी संगको कुराकानिमा अवैधानिक रुपमा आएको कमिटीले काम गर्न नहुने उनको जिकिर थियो । ‘निर्वाचनमा विधि र प्रक्रिया मिचेर मनोमानीढंगले अगाडी बढ्ने काम भयो । यस प्रकृयामा गण्डकी समन्वय समितिका इन्चार्ज चुडामणि खड्काको मुख्य हात छ । खड्काले जर्बजस्ती निर्वाचनमा लगेर मलाई हराए’ भट्टराईले भने,‘यसरी अवैधानिक रुपमा आएको कमिटीलाई म कुनै हालतमा मान्दिन । चुनावको मुखमा यस्तो गर्नु समग्र गोरखाको पार्टी कमजोर हुनु हो। त्यहीँ भएर पदका लागि भन्दा पनि पार्टीको चिन्ता भएर अध्यक्ष प्रचण्डलाई भेटेका हौ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले बैठकमा दाने जग्गादेखि कारबाही फिर्तासम्मको चर्चा
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?