ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियामा मैत्रीपूर्ण खेल खेल्ने
कतार विश्वकप–२०२२ अघि ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियाको मेलवर्नमा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
यस मैत्रीपूर्ण खेलले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका स्टार नेयमारलाई विश्वकपअघि आफ्नो टोलीलाई प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ । यी दुईबीचको खेल ११ जुनमा हुनेछ ।
यसअघि दुवै टिमको पछिल्लो पटक विश्वकप छनोटका खेल सेप्टेम्बरमा ब्राजिलको साओ पाउलोमा खेलेका थिए । सो खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर चार अर्जेन्टिनी खेलाडीलाई कोभिड–१९ क्वारेन्टिन नियम उल्लंघन गरेको आरोपमा पक्राउ गर्न खोजेका थिए ।
यद्यपि, अर्जेन्टिनी खेलअधिकारीहरुले हस्तक्षेप गरेपछि उक्त खेल स्थगित भएको थियो । हालसम्म स्थगित भएको उक्त खेल खेलिएको छैन । यद्यपि, सो खेल पुनः नभएपनि दुवै टिम कतारमा हुने विश्वकपमा छनोट भइसकेका छन् ।
बुधबार अस्ट्रेलियाको प्रान्तीय सरकारले ‘सुपरक्लासिको’ मेलर्बनको क्रिकेट मैदानमा हुने घोषणा गरेको हो । पाँच वर्षपछि हुन लागेको दक्षिण अमेरिकी फुटबल टिमको मैत्रीपूर्ण खेल हेर्न ९५ हजार दर्शकले उपस्थित हुने अनुमान लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव