सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

९ महिनामा २७ वाणिज्य बैंकको नाफा ५० अर्ब ९७ करोड, कसले कति कमाए ?

सेञ्चुरी बैंकको नाफामा १८२.५९ प्रतिशतको वृद्धि
बुधबार, ०७ वैशाख २०७९, १५ : ५३
बुधबार, ०७ वैशाख २०७९

२७ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । चैत पहिलो साता भित्रै वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकलेहरुले साउनदेखि चैतसम्ममा कुल ५० अर्ब ९७ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । 

यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा जम्मा ०.४६१ प्रतिशतले मात्र बढी हो । आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा २७ वटा बैंकहरुले कुल ५० अर्ब ७४ करोड २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । तर, यस वर्ष २३ करोड ५२ लाख ५ हजार रुपैयाँले मात्र बैंकहरुको नाफा बढेको हो ।

तथ्याङ्कअनुसार समीक्षा अवधिमा १५ वाणिज्य बैंकको नाफामा वृद्धि भएको छ भने १२ वटा बैंकको नाफामा ब्रेक लागेको छ । वित्तीय रिपोर्ट अनुसार तेस्रो त्रैमास अर्थात् साउनदेखि चैत मसान्तसम्म ९ महिनामा नाफा वृद्धि गर्ने बैंकहरुमा सेन्चुरी बैंक, सिभिल बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनसीसी बैंक, माछापुच्छ्रे«े बैंक, एनआईसी एसिया बैंक रहेका छन् । 

यस्तै, सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंकले समेत सो अवधिमा नाफा वृद्धि गर्न सफल भएका छन् । तर, सोही अवधिमा अघिल्लो वर्षको तुलनामा नाफा गुमाउने बैंकहरुमा भने तीन वटा सरकारी बैंक नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैँकसँगै अन्य १० बैंकहरू परेका छन् । 

कुमारी बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, प्रभु बैंक, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक र लक्ष्मी बैंकको नाफामा ब्रेक लाग्न पुगेको छ । 

कुन बैंकको स्थिति कस्तो छ ? 

उच्च नाफा वृद्धि गर्नेमा सेञ्चुरी कमर्सियल बैंक
तेस्रो त्रैमाससम्म सबैभन्दा आकर्षक नाफा कमाउनेमा सेञ्चुरी कमर्सियल बैंक बनेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा अधिकतम १८३.५९२ प्रतिशतले नाफा वृद्धि गरेको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो वर्ष बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ मात्र कमाएको थियो । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन आम्दानीसँगै अन्य विविध आम्दानी बढेकाले खुद नाफामा उच्चता आएको हो । भने, यस अवधिमा सबैभन्दा बढी नाफा गुमाउनेमा लक्ष्मी बैंक बनेको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा अधिकतम ३३ प्रतिशतले नाफा गुमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप