शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारमा सिफारिस नभएपछि काँग्रेसका मेयरद्वारा पार्टी परित्याग

बुधबार, ०७ वैशाख २०७९, १५ : ३२
बुधबार, ०७ वैशाख २०७९

 रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् । काँग्रेसबाट मेयरमा निर्वाचित उनले काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले आसन्न निर्वाचनका लागि मेयरको उम्मेदवारका रुपमा आफ्नै भाइ ज्ञानेन्द्र यादवको नाममात्र सिफारिस गरेपछि मेयर यादवले पार्टी छोडेको घोषणा गरेका हुन् ।

आफू १४ वर्षदेखि काँग्रेस पार्टीमा सक्रियरूपमा लाग्दालाग्दै पनि जिल्ला सभापतिले आफूलाई बाईपास गरेका कारण पार्टी परित्याग गर्न भाध्य भएको मेयर यादवको भनाइ छ ।

उनका अनुसार मंगलबार फतुवा विजयपुर काँग्रेस नगर कमिटीको बैठकमा जिल्ला कार्यसमितिका सभापति यादवले बोलाएका थिए ।

विजयपुर माविको प्राङ्गणमा बसेको बैठकमा आफू एक घण्टा सहभागी भएको तर उम्मेदवार सिफारिससम्बन्धी कुनै निर्णय नभएपछि आफू हिँडेको उनको भनाइ छ । जिल्ला सभापति सुनिल यादव र उनका भाइ दलबलसहित पार्टी नगर सभापति बाबुराम अधिकारीको घरमा गएर जबर्जस्ती ज्ञानेन्द्रको एकल नाम सिफारिस गर्न दबाब दिँदा नगर सभापतिले नमानेको तर पछि नगर उपसभापति अबरारुल देवानलाई कार्यवाहक सभापति दिएर काँग्रेस जिल्ला सभापति सुनिल यादवले मेयरको टिकटका लागि आफ्नो भाइ ज्ञानेन्द्र यादवको एकल नाम सिफारिस गराएको मेयर गोपाल यादवले जानकारी दिए ।

केही दिन अघि नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवको रोहवरमा जिल्ला सभापति यादवले फतुवा विजयपुर नगरपालिकाको मेयरका लागि आफूलाई टिकट दिने प्रतिवद्धता जनाएको तर त्यसको उल्लंघन भएपछि आफू पार्टीमा रहिरहन आवश्यक नरहेको ठानेर पार्टी परित्याग गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप