ओलीलाई युवाको प्रश्न : मलाई टिकट दिनुहुन्छ कि ७ करोड दिने व्यापारीलाई ?
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरुले शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय खेलकुद, यातायात र राजनीतिका साथै विभिन्न समसामयिक विषयका समस्या समाधान गर्ने उपायबारे प्रश्न गरेका छन् । साथै उनीहरुले राज्यले नागरिकमाथि गर्ने व्यवहारको व्यवहारमाथि पनि प्रश्न गरेका छन् । तीमध्ये रुपन्देहीका २० वर्षे युवा सरोज भट्टराईले नेपाली राजनीतिमा राजनीतिक दल र नेताहरुले चुनावमा टिकट वितरणमा हुने आर्थिक चलखेलसम्बन्धी प्रश्न गरेका छन् ।
बुधबार ललितपुरमा भएको ‘युवासँग म’ विषयक अन्तरक्रियामा भट्टराई तीन विधामा प्रश्न गर्दै ओलीलाई सोधे, ‘३५ वर्षमा प्रधानमन्त्री बन्ने मार्ग खुला हुनेछ कि छैन ? न्यायाधीश बन्न पार्टीको झोला बोक्नुपर्छ कि पढ्नुपर्छ ?
ओलीलाई भट्टराईका प्रश्न :
१. मेरो नाम सरोज भट्टराई हो । म अहिले काठमाडौ स्कुल अफ लमा वीएलएलवी पढिरहेको छु । मेरा प्रश्नहरु तीनवटा विधामा छन् । खुलेर भन्न चाहान्छु म ३५ वर्षको उमेरमा केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा बस्नुभएको सिटमा बस्न चाहान्छु । के म पार्टीगत रुपमा जाँदा ३५ वर्षको उमेरमा प्रधानमन्त्रीको कुर्सीमा पुग्न सम्भव होला ? कि मैले अझैपनि बुढाहरूको झोला बोकेर ६० वर्षको भएपछि प्रधानमन्त्री ताक्ने हो कि मलाई ३५ वर्षमै त्यो मार्ग हुनेछ ?
२. म एउटा कानुनको विद्यार्थी हो । अस्ति म सर्वोच्च अदालततिर जाँदै थिएँ । त्यहाँ न्यायाधीशहरुको नियुक्ति हुँदै रहेछ । म च्यालेन्ज गरेर ओलीजीलाई भन्न चाहान्छु– तपाई मलाई सर्वोच्चको एउटा न्यायाधीशको नाम भन्नुहोस् मैले त्यो न्यायाधीश कुन पार्टीको हो भनेर भन्दिन्छु । भन्न सकिन भने मलाई थप्पड हान्नुस् । किनकी मैले सर्वोच्च अदालतमा न्यायाधीश बन्न पार्टीको झोला बोक्नुपर्छ कि पढ्नुपर्छ ?
३. म अहिले भर्खर २० वर्षको भएँ, कानुन पढिरहेको छु । मलाई राजनीतिमा चासो पनि छ । मैले वीपीको विद्रोह पढेको छु, मनमोहन अधिकारीको किताब पढेको छु । पुष्पलालको पनि पढेको छु । मसँग तपाइँलाई चाहिने सम्पूर्ण राजनीतिक ज्ञान छ । म २४ वर्षको उमेरमा मलाई सिद्धार्थ नगरपालिकाको मेयरको उम्मेदवार दिनुस् भनेर भने र अर्को तपाईको अगाडि ७ करोड रुपैयाँ लिएर व्यापारी आयो भने तपाईले मलाई मेयरको टिकट दिनुहुन्छ कि ७ करोड बोकेको व्यापारीलाई दिनुहुन्छ ?
ओलीले कार्यक्रममा आफुलाई सोधिएका सबै प्रश्नको एकमुष्ट जवाफ दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्