बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि आर्मीलाई

बुधबार, ०७ वैशाख २०७९, १५ : १९
बुधबार, ०७ वैशाख २०७९

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार धनगढीमा भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो । 

कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एपिएफले नगद ८० हजारमा चित्त बुझायो । सेमिफाइनलमा पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले समान ४० हजार प्राप्त गरे । 

सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीलाई आजै आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप