राप्रपाले चुनाव जिते ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्रा गराउने
राप्रपाले पार्टीले चुनाव जिते ज्येष्ठ नागरिकलाई देशभित्र निःशुल्क धार्मिक यात्रा गराउने घोषणा गरेको छ । बुधबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो घोषणा गरेको हो ।
महिला हिंसा, दाइजो प्रथा तथा बाल विवाहको अन्त्य गर्ने तथा महिला सशक्तीकरण कार्यक्रमलाई प्राथमिकता दिँदै एकल तथा विदुर, शारीरिक र मानसिक रुपमा अशक्त, असहाय जेष्ठ नागरिकका लागि स्याहारसुसार हेरचाह र औषधि उपचारको व्यवस्था गर्ने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।
यसैगरी ज्येष्ठ नागरिकहरुले प्राप्त गर्ने सेवा सुबिधा घर दैलोमा नै पुर्याउने व्यवस्था मिलाउने, महिनाको एक पटक सबै ज्येष्ठ नागरिकहरुलाई घर दैलोमा नै आधारभूत स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने, ग्रामिणस्तरमा आयआर्जन र रोजगारीलाई सुनिश्चितता गर्दै बसाईंसराई व्यवस्थित र न्यूनीकरण गर्ने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।
यस्तै सबै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको आत्मसम्मानपुर्वक जीवनयापनका लागि वातावरण निर्माण गर्ने, सार्बजनिक सेवा सुबिधा बत्ति, खानेपानी, ढल,बाटोको सुविधाको व्यवस्था गर्नेलगायतका विषय पनि घोषणापत्रमा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण