भक्तपुरमा एकीकृत समाजवादीले उम्मेदवारी घोषणा गर्दै
नेकपा एकीकृत समाजवादीले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको नेकपा एसले बुधबार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेकाे हाे ।
जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, स्थानीयस्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा गरेका छैनन् । काँग्रेस, एमालेलगायतका दलहरूले उम्मेदवार हुन चाहनेका सूची संकलन गरी केन्द्रमा पठाएकाे छ । नेपाल मजदुर किसान पार्टीले भने अरू दलको उम्मेदवार तोकेपछि मात्रै अन्तिममा उम्मेदवारी घोषणा गर्ने जनाएकाे छ ।
जिल्लामा चार नगरपालिका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा एमालेका मेयर सोमपसाद मिश्रले आठ हजार पाँच सय १२, उपमेयर बीना बास्तोलाले आठ हजार सात सय ७९, भक्तपुर नगरपालिकामा नेकपा एमालेका मेयर विष्णुप्रसाद सुवालले चार हजार दुई सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले चार हजार ६ सय ३१, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमिमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएका थिए ।
मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो । एमालेबाट नै फुटेर नेकपा एस बनेकाले अहिले त्यही एमालेको भोट काट्ने अनुमान गरिएको छ । एमालेको भोट काटेर एमाले हराउने अभियानमा नेकपा एस लागेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
-
मूल्य घटसँगै सुन किन्नेको भीड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल