बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मलेसियामा कोभिड संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु

बुधबार, ०७ वैशाख २०७९, १४ : १४
बुधबार, ०७ वैशाख २०७९

मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।

यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ । यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरूको पालनामा पनि कडाइ गरेका बताइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप