आईपीएलका पाँच ‘फ्लप’ भारतीय क्रिकेटर
इन्डियन प्रिमियर लिग(आईपीएल)–२०२२ क्रिकेट प्रतियोगिता जारी छ । जहाँ विश्वका चर्चित खेलाडी आपसमा १० टिममा रहेर प्रतिस्पर्धा गरिरहेका छन् ।
जारी लिगमा युवा खेलाडीको वर्चश्व छ र प्रदर्शन समेत युवा कै राम्रो देखिएको छ । आईपीएलमै गरेको प्रदर्शनले समेत राष्ट्रिय टिमको ढोका खोल्ने या बन्द गर्ने सम्भावना रहन्छ । भारतमा समेत आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाउने खेलाडीको कमी छैन । तर, यस सिजन ठूला र चर्चित केही खेलाडी भने प्रतियोगिताभर पूरा ‘फ्लप’ रहेका छन् ।
केही खेलाडीको लागि मेगा अक्सनअघि नै टिमले करोडौं रुपैयाँ लगाएर ‘रिटेन’ गरेका थिए । तर, हालसम्म ३१ खेल समाप्त भइसकेको अवस्था ठूला र चर्चित खेलाडीको प्रदर्शन भने बिर्सनलायक छ । खेलाडीले खास प्रदर्शन गर्न सकेका छैनन् ।
यी हुन् यसपटक ‘फ्लप’ रहेका पाँच क्रिकेटर
अक्षर पटेल
दिल्ली क्यापिटल्सले मेगा अक्सनअघि नै अक्षर पटेललाई बोली लगाएको थियो र नौ करोड ९भारु० मा रिटेन गरेको थियो । तर, अक्षर अहिलेसम्म पूरा ‘फ्लप’ रहेका छन् । उनले पाँच खेलमा जम्मा एक विकेट लिएका छन् भने ७८ रन मात्रै बनाएका छन् ।
रोहित शर्मा
आईपीएलको सबैभन्दा सफल कप्तान बनेका रोहित शर्मा यस सिजनको भने खास प्रदर्शन दिन सकेका छैनन् । मुम्बई इंन्डियन्सले रोहितलाई १६ करोड ९भारु० मा रिटेन गरेको थियो । यस सिजन ६ खेल खेलिसकेका उनले सर्वाधिक ४१ रन बनाएका छन् । हालसम्म उनले जम्मा एक सय १४ रन बनाए ।
विराट कोहली
रोयल च्यालेन्जर्स बैंगलोरका पूर्वकप्तान तथा ब्याटर विराट कोहली समेत यस सिजन ‘फ्लप’ रहेका छन् । विराटलाई बैंगलोरले १५ करोड ९भारु०मा रिटेन गरेको थियो । उनले यस सिजन सात खेलमा मात्र सर्वाधिक ४८ रन बनाएका छन् । हालसम्म एक सय १९ रन बनाएका रोहितको औषत प्रदर्शन १९ दशमलब ८३ रहेको छ ।
मोहम्मद सिराज
मोहम्मद सिराजलाई रोयल च्यालेन्जर्स बैंगलोरले सात करोड ९भारु० मा रिटेन गरेको थियो । उनी समेत ‘फ्लप’ सूचिमा चौथो नम्बरमा छन् । सिराजले यस सिजन सात खेलमा ६ विकेट लिएका छन् । यस सिजन उनले नौ दशमलव ८९ इकोनोमीमा रन खर्चिएका छन् ।
रविन्द्र जडेजा
रविन्द्र जडेजाले यसपटक चेन्नई सुपर किंग्सको कप्तानी गरिरहेका छन् । उनलाई यस सिजन १६ करोड ९भारु० मा रिटेन गरेको थियो । जडेजाले यस सिजन ६ खेलमा पाँच विकेट लिएका छन् र ८८ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले घटायो भन्सार दर, सुन र चाँदीको मूल्य घट्ने
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन