मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारबाट ‘फिल्म साउथ एसिया–२०२२’

बुधबार, ०७ वैशाख २०७९, १३ : ५६
बुधबार, ०७ वैशाख २०७९

१३ औं संस्करणको ‘फिल्म साउथ एसिया–२०२२’ बिहिबारबाट सुरु हुने भएको छ । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सवको रुपमा आयोजना हुने महोत्सव ८ मुलुकका ७१ फिल्म प्रदर्शन हुनेछ ।  ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ थिममा आइतबारसम्म चल्ने फेस्टिभल  पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना गरिएको छ । भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहापत्रबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’ को प्रदर्शनसँगै महोत्सव सुरु हुने आयोजकले जनाएको छ । ‘सट अप सोना’ फिल्मलाई दीप्ति गुप्ताले निर्देशन गरेकी हुन् ।

दक्षिण एसियाली मुलुकका सामाजिक, साँस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफल समेत हुने महोत्सवमा नेपाली वृत्तचित्रहरू समेत प्रदर्शन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप