आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब २ करोड

बुधबार, ०७ वैशाख २०७९, १३ : ५१
बुधबार, ०७ वैशाख २०७९

मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १.४९ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा २६.७९ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको बैंकले यता सञ्चालन नाफा २.६६ प्रतिशतले वृद्धि गर्दै क्रमशः २४ अर्ब २ करोड ३४ लाख रुपैयाँ र १ अर्ब ८९ करोड ४७ लाख ८१ हजार रुपैयाँ कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ५४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।  

चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ३६ पैसा बढेर २४ रुपैयाँ ६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप