बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश अर्थमन्त्रीको गाडीको ठक्करबाट १ जनाको मृत्यु, चालकविरुद्ध मुद्दा

बुधबार, ०७ वैशाख २०७९, १३ : ४४
बुधबार, ०७ वैशाख २०७९

गण्डकी प्रदेशका अर्थमन्त्री चढ्ने गाडीले ठक्कर दिँदा वैशाख ४ मा एक जनाको मृत्यु भयो । वैशाख १ मा पोखरास्थित गगन गौंडामा कार्यक्रममा गएका अर्थमन्त्री रामजी बराल ओर्लिएपछि पार्किङ गर्न खोज्दा  ग १ झ ४४५ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भिर घाइते भएका मीनबहादुर पाइजाको उपचारको क्रममा वैशाख ४ मा मृत्यु भयो ।

दुर्घटनामा परेर मीनबहादुरकी पत्नी घाइते भएकी छिन् । सवारी चालक पोखरा महानगरपालिका–८ घर भएका ३० वर्षीय राम गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए ।
चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान मुद्दा’ मा म्याद लिएर अनुसन्धान गरिरहेको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय सिसुवाले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप